रुकुमेलीद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

रुकुमेलीद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

मुसिकोट । कोभिड १९ रोकथामका लागि रुकुमेली समाज विकास केन्द्र रुकुमले जिल्लाको मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित सुआहारा कार्यक्रमबाट नगरपालिका अन्तर्गत स्वास्थ्य शाखालाई आवश्यक पर्ने पिपिई सेट ६ थान, ५ सय एम.एल.को हेन्डसेनिटाइजर ५ बोतल, एक सय एम.को हेन्डसेनिटाइजर ४७ बोतल र सर्जिकल मास्क २ हजार ६ सय थान लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको गरिएको संस्थाका फिल्ड संयोजक जगदिश खड्काले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा नगरपालिकाका प्रमुख देबीलाल गौतम, उप प्रमुख प्रेम कुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकत नरहरी तिवारी, स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्री, रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमका फिल्ड संयोजक जगदिश खड्का, घरायसी खाद्यन्न उत्पादन तथा बजारीकरण अधिकृत ललित खड्का, लेखा तथा प्रशासन अधिकृत रोशन खड्का लगायत नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार