स्वरोजगार र आयआर्जनका लागि बाख्रा वितरण

स्वरोजगार र आयआर्जनका लागि बाख्रा वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले कृषकहरुलाई स्वरोजगार र आयआर्जनको लागि बाख्रा उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नगरपालिकाको कृषि तथा पशु शाखाले बाख्रा वितरण गरेको जनाएको छ ।

नगरपालिकाले वडा नम्वर ८ मा घट्टेखोलामा रहेको लेकाली महिला बाख्रा पालन समुहलाई ४० ओटा बाख्रा वितरण गरेको जनाएको छ । उक्त समुहका २० जना कृषक आबद्ध छन् ।

त्यसैगरी आज मुसिकोट नगरपालिकाको वडा नम्बर १० को छवि बहुउद्देश्यिय सहकारी संस्था र लालिगुँरास महिला बाख्रा पालन समुहलाई पनि बाख्रा बितरण गरिएको छ ।

बाख्रा पालनको राम्रो सम्भावना रहेको स्थानका समुहलाई आज बाख्रा बितरण गरिएको नगरपालिकाका उप–प्रमुख प्रेमकुमारी सुनारले जानकारी दिनुभयो । परियोजनाको १५ लाख र किसान तथा बाख्रा पालन समुह र सहकारीको १२ लाखमा बाख्रा खरिद गरि वितरण गरिएको उप प्रमुख सुनारले जनाउनुभयो । कृषकहरुको आयआर्जनमा बृद्धि गर्ने लक्ष्यका साथ बाख्रा उपलब्ध गर्राएको उप प्रमुख सुनारको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार