कोरोनाबाट चौरजहारीमा एक जनाको ज्यान गयो

कोरोनाबाट चौरजहारीमा एक जनाको ज्यान गयो

प्रतीकात्मक तस्बिर।

चौरजहारी । कोरोना संक्रमणका कारण रुकुमको चौरजहारीमा एक जनाको निधन भएको छ । बिहिबार दिउँसो चौरजहारी अस्पतालमा चौरजहारी नगरपालिका वडा नम्बर १३ का ८१ बर्षिय एक पुरुषको निधन भएको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह संयोजक डण्ड शर्माले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि उनी १४ गते नगर अस्पताल भर्ना भएका थिए । ५ दिन सम्म नगर अस्पतालमा उपचार गरेपछि अवस्था सुधार नभएपछि उनलाई १८ गते चौरजहारी अस्पताल ल्याईएको थियो ।

फोक्सोमा समस्या रहेको र यस अघि उनी क्षयरोगको समेत बिरामी रहेको बताईएको छ । आजै उनको दाह सस्कार गरिने चौरजहारी नगरपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार