रुकुम पश्चिममा २ जना कोरोना संक्रमितको सुर्खेत र नेपालगञ्जमा निधन

रुकुम पश्चिममा २ जना कोरोना संक्रमितको सुर्खेत र नेपालगञ्जमा निधन

मुसिकोट । रुकुम पश्चिममा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमित आठविसकोट नगरपालिका वडा नं.२ का ४४ बर्षका एक पुरुष र बाँफिकोट गाउँपालिका वडा नं. ४ का २८ बर्षका युवाको मृत्यु भएको हो । कोरोना संक्रमित भई कर्णाली प्रदेश अस्पताल बिरेन्द्रनगर सुर्खेतमा उपचाररत आठबिसकोटका पुरुषको बुधबार मृत्यु भएको नगरपालिकाले जानकारी दिएको छ । उहाँ आठबिसकोट नगरपालिकामा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै मृत्यु भएका बाँफिकोट गाउँपालिकाका युवा रुकुम पूर्वको रुकुमकोटमा व्यवसाय गर्दै आउनुभएको थियो । उपचारको लागि नेपालगञ्ज रहेका उहाँको आज मृत्यु भएको हो ।

उहाँहरु सहित रुकुम पश्चिममा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार