चौरजहारी अस्पतालमा उपचाररत ७५ बर्षिय कोरोना संक्रमितको निधन

चौरजहारी अस्पतालमा उपचाररत ७५ बर्षिय कोरोना संक्रमितको निधन

चौरजहारी । रुकुम पश्चिममा शुक्रबार थप एक जना कोरोना संक्रमितको निधन भएको छ । चौरजहारी अस्पतालमा उपचाररत चौरजहारी नगरपालिका वडा नम्वर १० का ७५ बर्षिय पुरुषको निधन भएको चौरजहारी नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाका स्वास्थ्य सह संयोजक डण्ड शर्माका अनुसार १५ गते सहिद स्मृति नगर अस्पतालमा भर्ना भएका उनी थप उपचारको लागि १८ गते चौरजहारी अस्पताल ल्याईएका थिए । आजै दिउँसो उनको दाहसस्कार गरिएको छ ।

यससँगै रुकुम पश्चिममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार