रेडक्रस रुकुम द्धारा स्वास्थ्य सुरक्षाका सामाग्री बितरण

रेडक्रस रुकुम द्धारा स्वास्थ्य सुरक्षाका सामाग्री बितरण

मुसिकोट । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमले कोरोना भाइरस बाट संक्रमित बिरामीहरुको उपचारमा थप सहयोग पुग्ने उद्देश्यले जिल्ला अस्पताल सल्लेलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमका मन्त्री टेक बहादुर खड्काले स्वास्थ्य सेवा कार्यालय सल्लेका निमित्त प्रमुख विष्णु बहादुर बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको छ ।

जिल्ला अस्पताल सल्ललेमा सञ्चालनमा रहेको आइसोलेशनको लागि सर्जिक माक्स १ हजार थान, फेसिल ४० थान, पल्स अक्सिमिटर ४ थान, पीपीई एप्रोन सेट ११ थान, अक्सिजन फ्लोमिटर १० थान, २ थान डसबिन र सोडियम हाईपो क्लोराइड १५ लिटर सहित एकवटा मेशिन सहयोग गरेको हो । यसका साथै कोभिड-१९ सम्बन्धि जनचेतना मूलक सन्देश सहितको बोर्ड उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमका कोषाध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिनुभयो ।

अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको प्रति स्वास्थ्य कार्यालयमा निमित्त कार्यालय प्रमुख बिष्णु बहादुर बुढाथोकीले रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभएको छ । आवश्यक स्वास्थ्य सामाग्रीको खाँचो भई रहेका बेला प्राप्त भएका स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज हुने विश्वास कार्यालयले लिएको उहाँले जनाउनुभयो

यस्तै आजै रेडक्रस रुकुमले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पनि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । रेडक्रसका सभापति रमा गौतमले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी बन्द्रीनाथ गैरेलाई १० हजार थान सर्जिकल माक्स र १५ थान पीपीई हस्तान्तरण गर्नुभएको हो । रेडक्रसले भोली देखि रुकुम पश्चिमका ६ वटै स्थानीय तहरुमा पनि आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरिने कोषाध्यक्ष केसीले जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार