रुकुम पश्चिममा कोरोना संक्रमणबाट थप ३ जनाको निधन, मृत्यु हुनेको संख्या २८ पुग्यो

रुकुम पश्चिममा कोरोना संक्रमणबाट थप ३ जनाको निधन, मृत्यु हुनेको संख्या २८ पुग्यो

मुसिकोट । रुकुम पश्चिममा कोरोना संक्रमणका कारण थप ३ जनाको निधन भएको छ । शुक्रबार चौरजहारी नगरपालिकाका २ जना र आठबिसकोट नगरपालिकाका एक जनाको कोरोनाको कारण निधन भएको हो ।

चौरजहारी अस्पतालमा उपचाररत चौरजहारी नगरपालिका वडा नम्वर १० का ७५ बर्षिय पुरुष र नेपालगञ्जमा उपचाररत चौरजहारी नगरपालिका वडा नम्वर ४ की ६५ बर्षिया एक महिलाको आज निधन भएको होे ।

७५ बर्षिय पुरुष १५ गते सहिद स्मृति नगर अस्पतालमा भर्ना भएका र थप उपचारको लागि १८ गते चौरजहारी अस्पताल ल्याईएका थिए । त्यसैगरी ६५ बर्षिय महिलामा एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । चौरजहारी अस्पतालबाट थप उपचारको लागि उहाँलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

आजै जिल्लाको आठविसकोट नगरपालिका वडा नं ८ का ५१ बर्षका पुरुषको कर्णाली प्रदेश अस्पताल बिरेन्द्रनगर सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई जेठ ११ गते आठविसकोट नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस लगतै उहाँलाई सोहि अस्पतलामा भर्ना गरिएको थियो । पछि सन्चो नभएपछि जेठ १५ गते नगर अस्पतालले सुर्खेत रिफर गरेको थियो ।

उहाँहरु सहित रुकुम पश्चिममा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार