कोरोना बिरुद्धको खोपमा शिक्षकलाई विभेद गरेको भन्दै खोपको व्यवस्था गर्न माग

 खोपको प्राथमिकतामा नराखे कुनैपनि शैक्षिक गतिविधिमा संलन नहुने

कोरोना बिरुद्धको खोपमा शिक्षकलाई विभेद गरेको भन्दै खोपको व्यवस्था गर्न माग

 खोपको प्राथमिकतामा नराखे कुनैपनि शैक्षिक गतिविधिमा संलन नहुने

मुसिकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमले कोरोना बिरुद्धको खोपको माग गदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

आईतबार संगठनका कार्यवाहक अध्यक्ष शारदा डाँगी र सचिव टोप बहादुर हमालको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाका सम्पुर्ण शिक्षक तथा कर्मचारीलाई कोरोना भाइरस बिरुद्धको खोप व्यवस्था गर्न माग गरेको बताईएको छ ।

ज्ञापनपत्रमा शिक्षकहरुलाई खोपको व्यवस्था गर्न प्राथमिकतामा नराखे सम्पुर्ण शैक्षिक गतिविधिमा संलग्न नहुने समेत जनाईएको छ । खोप उपलब्ध नगराए पठनपाठन तथा परिक्षा सम्बन्धि कुनै क्रियाकलापमा सहभागी नहुने उनीहरुले उल्लेख गरेका छन् ।

बिभिन्न प्राविधिक कारणले भर्चुअल कक्षाको सम्भावना कम रहेको र सबै बिद्यार्थी ईन्टरनेटको पहुँचमा नभएकोले भौतिक उपस्थिति बिना शैक्षिक क्रियाकपाप प्रभावकारी नहुने कुरा उल्लेख गर्दै ज्ञापनपत्रमा शिक्षकहरुलाई राज्यले अरु बेला झै खोपमा पनि विभेद गरेको कुरा उल्लेख छ ।

संठगनका कार्यबहाक अध्यक्ष शारदा डाँगीले प्रत्येक शिक्षकहरुलाई तत्काल खोपको व्यवस्था गर्न, संक्रमित शिक्षहरुको निशुल्क स्वास्थ्य उपचारको प्रवन्ध गर्न, स्वास्थ्य सुरक्षा बीमाको व्यवस्था गर्न, कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार