‘छायाँ’को निधनले रुकुम स्तब्ध !

‘छायाँ’को निधनले रुकुम स्तब्ध !

मुसिकोट । रुकुम पश्चिमले एक आदर्शवान राजनितिज्ञ गुमाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समिति रुकुम पश्चिमका सचिवालय सदस्य टेकबहादुर पुन (छायाँ)को आईतबार राती निधन भएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकाका पार्टी अध्यक्ष समेत रहनु भएका उहाँको चितवनको भरतपुर स्थित अस्पतालमा निधन भएको र दुखद् निधनले पार्टी स्तब्ध भएको भन्दै माओबादी केन्द्र रुकुम पश्चिमले श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी अध्यक्ष गोपाल शर्माले एक विज्ञप्ती जारी गर्नुहुदै जनयुद्ध र कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्वर २ निवासी पुन हाल ५३ बर्षको हुनुहुन्थ्यो । उहाँ जनयुद्ध कालमा सुरुवात देखि नै संलन रहेर वाईसियलको एरिया सचिव, लडाकु दलको सदस्य हुदै पार्टीका विभिन्न महत्वपूर्ण जिम्मवारीमा रहेर कार्य सम्पन्न गर्नुभएका एक आदर्शवान नेता रहेको बताईएको छ । पार्टीले एक निष्ठावान, आदर्शवान, कुलश संगठक एवम् जनपिय नेता गुमाएको उल्लेख गर्दै जिल्ला पार्टी अध्यक्ष शर्माले छायाँको निधनले समग्र रुकुमेली कम्युनिष्ट आन्दोलनलाई अपुरणिय क्षति पुगेको जनाउनुभएको छ । २०४५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छायाँले २०५२ जेठ ३ गते कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको बताईएको छ ।

उहाँको निधनले सानीभेरी गाउँपालिकाका साथै सिंगो रुकुमलाई स्तब्ध बनाएको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार