मुसिकोट नगरपालिकाद्धारा ३० बाख्रा वितरण, २६ बाख्रा फिर्ता

मुसिकोट नगरपालिकाद्धारा ३० बाख्रा वितरण, २६ बाख्रा फिर्ता

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा रहेका कृषकहरुलाई बाख्रा बितरण गरिएको छ । संघीय सरकार र नगरपालिकाको साझेदारीमा बाख्रा खरिद गरि नगरपालिकामा रहेका कृषकहरुलाई बितरण गरिएको हो ।

आर्थिक बर्ष २०७७/०७८ का लागि बिनियोजित संघीय सरकारको १० लाख तथा नगरपालिकाको १० लाख बजेट र कृषकहरुको २ लाख ५० हजार गरि २२ लाख ५० हजार मध्ये १८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा खरिद गरि बितरण गर्ने कार्यक्रम रहेकोमा हाल ३० वटा बाख्रा बितरण गरिएको नगरपालिका अन्तरगत पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो ।

२६ बाख्रा फिर्ता

शाखा प्रमुख सापकोटाका अनुसार केयर नेपाल प्रा.लि. नेपालगञ्ज, बाँकेले टेन्डर प्रक्रिया मार्फत र१८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा उपलब्ध गराउने सम्झौता भएको र सोहि बमोजिम पहिलो चरणमा ५६ वटा बाख्रा आएको भएपनि नगरपालिकाको मापदण्ड बिपरितका २६ वटा बाख्रा फिर्ता गरिएको र ३० वटा बाख्रा मात्र कृषकलाई बितरण गरिएको छ । २६ ओटा बाख्रा मापदण्ड विपरित रहेकोले फिर्ता गरिएको हो ।

नगरपालिकामा रहेका ५ वटा समुहका ५० जना कृषकलाई प्रति कृषक ३ वटाका दरले बाख्रा बितरण गरिने छ । त्यसका लागि केयर नेपाल प्रा.लि. नेपालगञ्ज, बाँकेलाई थप आउनुपर्ने बाख्रा तत्काल उपलब्ध गराउन ताकेता समेत गरिएको छ । बाँकी ४ लाख ८ हजार बजेटबाट भने बाख्रालाई चाहिने घाँसको बिउँ र दाना लगायत अन्य सामाग्री बितरण गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार