आज र भोली रुकुम पश्चिमका तीन स्थानीय तहमा ‘भेरोसेल’ खोप लगाईदै

कोरोना विरुद्धको चिनियाँ खोप

आज र भोली रुकुम पश्चिमका तीन स्थानीय तहमा ‘भेरोसेल’ खोप लगाईदै

कोरोना विरुद्धको चिनियाँ खोप

फाईल तस्बीर

मुसिकोट । आज र भोली रुकुम पश्चिमका तीन स्थानीय तहमा कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को पहिलो मात्रा लगाइदै छ । जिल्लाको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकामा आज र भोली भेरोसेलको पहिलो डोज लगाउन लागिएको हो ।

६२–६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाईने स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार तीन स्थानीय तहका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र केहि आधारभुत स्वास्थ्य इकाईहरुमा खोप लगाईने छ ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिनेछ । नागरिकता वा उमेर खुल्ने परिचयपत्र लिएर खोप लगाउन सकिने खोप सुपरभाइजर अधिकृत खड्काले बताउनुभयो ।

यसअघि पहिलो चरणमा जेठ २६ र २७ गते जिल्लाका तीन स्थानीय तह मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका ६२–६४ वर्ष उमेर समुहका नागरिकहरुलाई खोप लगाईएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार