भूम्या पर्वको अवसरमा २ दिन स्थानीय बिदा

सामाजिक दुरी कायम गरेर, सामुहिक नाचगान र जमजट नगरेर चलिआएको परम्परा बमोजिम पुजा मात्र गरेर पर्व मनाउन अनुरोध

भूम्या पर्वको अवसरमा २ दिन स्थानीय बिदा

सामाजिक दुरी कायम गरेर, सामुहिक नाचगान र जमजट नगरेर चलिआएको परम्परा बमोजिम पुजा मात्र गरेर पर्व मनाउन अनुरोध

रुकुम पूर्व । मगर जातीको मुख्य पर्व भूम्या पर्वको अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकाले २ दिन स्थानीय बिदा दिने भएको छ ।

३० गते आईतबारका दिन बसेको भूमे गाउँ कार्यपालिकाले बैठकले पर्व मनाउन अघिल्ला बर्षहरु झै यस बर्ष पनि दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

भूम्याको अवसरमा जेठ मसान्त र असार संक्रान्तिका दिन बिदा दिने निर्णय गाउँ कार्यपालिकाले गरेको छ । जेठ ३१ गते र असार १ गते भूमे गाउँपालिका, सबै वडा कार्यालयहरु, स्वास्थ्य चौकि, सामुदायीक स्वास्थ्य इकाई, सबै सेवा केन्द्र, निजि तथा सामुदायिक बिद्यालयहरु, बैंक तथा बित्तिय सस्थाहरुमा बिदा हुने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।

पर्व मनाउँदा महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर मनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

यसका साथै सामुहिक नाचगान र जमजट नगरेर चलिआएको परम्परा बमोजिम पुजा मात्र गरेर भूम्या मनाउन गाउँपालिकाले पालिकावासीलाई अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार