बाँँफिकोटमा स्वास्थ्य सामाग्री हस्तान्तरण

बाँँफिकोटमा स्वास्थ्य सामाग्री हस्तान्तरण

मुसिकोट । बाँफिकोट गाउँपालिकामा आज बिभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

नेपाली काँग्रेस रुकुमको पहलमा संकलन गरिएका स्वास्थ्य सामाग्रीहरु आज गाउँपालिका र बुढुमस्ट क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको हो । रुकुम – क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिकामा, रुकुम –  टेक्सास जनसम्पर्क समिति अमेरिकाको बिशेष सहयोगमा स्वास्थ्य सामाग्रीहरु संकलन गरिएको हो ।

आईतबार १०००० सर्जिकल मास्क ,४०० एन्टीजीन कीट ,१२ वटा पल्स अक्समिटर, ३० सेट पीपी, १५ वटा डिजिटल थर्ममिटर, १००० पीस भिटामिन सी ट्याब्लेट
बाँफिकोट गाउँपालिकालाई हस्तान्तरण गरिएको नेपाल मगर संघका केन्द्रिय सदस्य तथा नेपाली काग्रेसका नेता जनक कुमार बाँठाले जानकारी दिनुभयो । कोरोना महामारी बिरुद्ध लड्न अमेरिकामा रहेका युवाहरुले रकम संकलन गरेर पठाएको र स्वास्थ्य सामाग्रीहरु खरिद गरि गाउँपालिकामा हस्तान्तरण गरिएको उहाँले बताउँनुभयो ।

त्यसैगरी बाफिकोट गाउँपालिकाको वडा नम्वर ५ मा रहेकोे बुढुमस्ट मन्दिर लाई १ हजार सर्जिकल मास्क र ७ लिटर सेनिटाइजर समेत हस्तान्तरण गरिएको नेता बाँठाले बताउनुभयो ।

नेपाली काँग्रेस रुकुमका पूर्व सचिव हर्क सिं खत्री लगायतले बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसिलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष केसीले स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगि मनहरुलाइ धन्यवाद दिनुहुदै स्वास्थ्य सामाग्रीहरु सम्बन्धित स्वास्थ्य शाखाहरुलाइ उपलब्ध गराउने जनाउँनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार