स्यालाखदिमा नेपाली काँग्रेसद्धारा खाद्यन्न वितरण

भोकमरीको सम्भावना टार्न स्यालाखदि क्षेत्रमा प्राथमिकताका साथ खाद्यन्न वितरण

स्यालाखदिमा नेपाली काँग्रेसद्धारा खाद्यन्न वितरण

भोकमरीको सम्भावना टार्न स्यालाखदि क्षेत्रमा प्राथमिकताका साथ खाद्यन्न वितरण

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमले जिल्लाको आठविसकोट नगरपालिकाका वडा नम्वर १, २ र ३ मा खाद्यन्न वितरण गरेको छ । कोरोना भाईरसको कारण लागेको निषेधाज्ञाले गर्दा सर्वसाधारणहरुलाई दैनिक उपभोगका खाद्यसामाग्रीहरु अभाव भएकाले खाद्यन्न वितरण गरिएको बताईएको छ ।

भोकमरीको सम्भावना देखिएको हाललाई आठबिसकोटका तीन ओटा वडालाई प्राथमिकता दिएर खाद्यन्न वितरण गरिएको नेपाली काँग्रेसको केन्द्रीय खेलकुद विभागका सदस्य शिव आचार्यले बताउनुभयो । उहाँका अनुसार नेपाली काँग्रेस क्यालीफोर्निया जन सम्पर्क समितिमा आवद्ध रुकुम स्थायी घर भइ हाल अमेरिकामा रहेका युवाहरु समेतको सहयोगमा जुटेको रकमबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो । हाल उनीहरुले ९० हजार रकम सहयोग गरेका छन् ।

स्यालाखदी क्षेत्रमा रहेका आठबिसकोट नगरपालिकाका वडा नं १, २ र ३ मा हालसम्म ५ ट्रयाक्टर खाद्य सामाग्री पठाएर वितरण गरिएको र आज मात्र २ ट्रयाक्टर खाद्य सामाग्री जिल्ला सदरमुकामबाट आठबिसकोट पठाईएको काँग्रेसले जनाएको छ ।

स्यालाखरिमा रहेका १ हजार २ सय घरधुरी मध्य ८ सय घरधुरीमा उक्त सामाग्रीहरु उपलब्ध गराईने छ । सामाग्री पाउनेहरुमा गरिब तथा विपन्न वर्गलाई प्राथमिकता दिईएको छ । काँग्रेसका स्थानीय नेता देवबहादुर ऐरीका अनुसार ८ सय घरमा निशुल्क तेल र नुन वितरण गरिएका छ भने चामललाई खरिद गरिएको मुल्यमा उपलब्ध गराईएको छ ।

नेपाली काँग्रेसका जिल्ला नेता धीरेन्द्र बटाला, आठबिसकोट नगर पार्टी सभापति कमल शाह, पार्टी सचिव कपिलदेव शर्मा, आठविसकोट वडा नं ९ का वडा अध्यक्ष तारक बहादुर शाहीको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार