रुकुम पश्चिममा १० दिन थपियो निषेधाज्ञा

रुकुम पश्चिममा १० दिन थपियो निषेधाज्ञा

मुसिकोट । रुकुम पश्चिममा जारी गरिएको निषेधाज्ञा दश दिन थप गरिएको छ । यस अघि जेठ ३१ गते सम्म जारी गरिएको निषेधाज्ञा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णयको आधारमा जिल्ला प्रशासन कार्यालयले दश दिन असार १० गते सम्म थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणदर कम भएतापनि जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो । बैठकले बैक तथा बित्तिय सस्थाहरु भने १० बजे देखि ५ बजे सम्म खोल्ने निर्णय गरेको छ भने सबै सरकारी कार्यालयहरु आन्तरिक कामकाजका लागि मात्र १० बजे देखि ५ बजे सम्म खुल्नेछन् ।

यस अवधिमा हार्डवेडर र वर्कसपहरु पुरै समय खोल्न पाईने छ भने खाद्यन्न तथा किराना पसल, स्टेशनरी पसलहरु बिहान ६ बजेदेखि १० बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुरा गरेर खोल्न पाईने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले बताउँनुभयो । निषेधाज्ञा अवधिभर फेन्सि लत्ता कपडा पसल, सैलुन, ब्युटिपार्लर, होटेल तथा रेष्टुरेन्ट खोल्न भने नपाईने भएको छ ।

बैठकले खाद्यन्न सामाग्रीहरु तथा विकास निर्माणका सामाग्रीहरु बिना पास ढुवानी गर्न सकिने निर्णय गरेको छ । यस बाहेक अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाईनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार