चौरजहारी अस्पताल र रुकुम पूर्व अस्पतालको लागि थप रकम निकाशा

चौरजहारी अस्पताल र रुकुम पूर्व अस्पतालको लागि थप रकम निकाशा

मुसिकोट । रुकुम पूर्व र रुकुम पश्चिमममा स्वास्थ्य सामाग्री खरिदको लागि अर्थ मन्त्रालयले १ करोड ८० लाख रकम निकाशा गरेको छ ।

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ५ बेडको आईसियु भेन्टिलेटर खरिद तथा जडानको लागि ३ करोड र रुकुम अस्पताल रुकुम पूर्वमा ५ शैयाको हाई डेपेन्डेन्सी युनिटको लागि ८० लाख थप रकम सोमबार निकाशाको लागि अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति प्रदान गरेको हो ।

कोरोना भाईरस संक्रमित अक्सिजन सहायता चाहिने बिरामीहरुको लागि यी उपकररणहरु प्रभावकारी मानिएका छन् ।
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयमा थप रकम निकाशाको लागि माग गरेको र सोमबार अर्थ मन्त्रालयले सहमति प्रदान गरेको छ ।

रुकुम पूर्व र चौरजहारी अस्पताल सँगै रामपुर अस्पताल पाल्पा, बेनी अस्पताल म्यादी, प्युठान अस्पताल बिजुवार र रोल्पा अस्पतालको लागि समेत अर्थ मन्त्रालयले बजेट निकाशाको लागि सहमती प्रदान गरेको छ ।

यसका साथै रुकुम पूर्वमा अक्सिजन प्लान्ट जडानका लागि पहल भैरहेको छ । रुकुम पूर्वमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालनको लागि मन्त्रालयमा पहल गरिरहेको र सकभर तुरुन्तै बजेट निकाशा हुने नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य लिलामणी गौतमले जनाउनुभयो । उहाँले यसै आर्थिक बर्षमा उक्त कार्य हुने जनाउनुभयो । उहाँको पहलमा रुकुम पूर्वमा बिभिन्न स्वास्थ्य सामाग्रीहरु ल्याईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार