अक्सिजन प्लान्ट स्थापनाको लागि चौरजहारीमा सामान आइपुगे

अक्सिजन प्लान्ट स्थापनाको लागि चौरजहारीमा सामान आइपुगे

चौरजहारी । चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि सामाग्रीहरु आईपुगेका छन् ।

मंगलबार बिहान अस्पतालमा अक्सिजन प्लान्ट जडानको लागि सामाग्री आइपुगेको चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले बताउनुभयो । अब तत्कालै जडानको काम सुरु हुने प्रमुख शर्माले बताउँनुभयो ।

चौरजहारी नगरपालिकाले सञ्चालन गर्न लागेको उक्त मेसिन विभिन्न हिसाबले अस्पतालमा राख्न उपयुक्त भएकोले अस्पतालमै जडान गर्न लागेको बताईएको छ । अक्सिजन प्लान्ट जडान भएमा अक्सिजन उत्पादन सँगै सिलिण्डर भर्ने काम सोहि स्थानबाटै हुनेछ ।

कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि अक्सिजन अभाव भैरहेको बेला प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा लगायतको पहलमा चौरजहारी अस्पतालले अक्सिजन प्लान्ट जडानको लागि सामान खरिद गरेर ल्याएको हो ।

पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अक्सिजन प्लान्ट जडान तथा स्थापनाको लागि सहयोग गर्ने सबै निकायलाई धन्यबाद दिनुभएको छ । यसबाट रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान र जाजरकोटमा अक्सिजन आपूर्तिमा सहज हुने उहाँले बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार