खोलामा मृत भेटिएकी महिलाको घाँटी थिचेर हत्या

खोलामा मृत भेटिएकी महिलाको घाँटी थिचेर हत्या

मुसिकोट । सल्यानमा खोलामा मृत भेटिएकी एक महिलाको घाँटी थिचेर हत्या भएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ५ गौतेकी ३० वर्षीया खिमा खड्काको घाँटी थिचेर हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ। गत असार १ गते बिहान स्थानीय ठोलो खोलामा उनी मृत भेटिएकी थिइन्।

आइतबार आएको पोष्टमार्टम रिपोर्टमा उनको घाँटी थिचेर हत्या भएको भन्ने देखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए। ‘पोष्टमार्टम रिपोर्टले खड्काको मृत्यु घाँटी थिचेर भएको सम्भावना देखाएको छ। अब हामी थप अनुसन्धानमा जुट्नुपर्ने भएको छ,’ उनले भने।

प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का सम्पर्कविहीन थिइन्। खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। बलात्कार भएको हो कि होइन भन्नेबारे रिपोर्ट आएपछि मात्रै भन्न मिल्ने थापाले बताए। परिवारका सदस्यले शनिबार जिल्ला अस्पताल खलंगाबाट खिमाको शव बुझेर अन्तिम संस्कार गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार