काँग्रेसको पहलमा सानीभेरीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

काँग्रेसको पहलमा सानीभेरीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा बिभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाको पहलमा संकलन गरिएका स्वास्थ्य सामाग्रीहरु आज सानीभेरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

सानीभेरी गाउँपालिका कार्यालय मातहतका बिषयगत शाखा, अस्पताल, ११ वटै वडाका स्वास्थ्य चौकी, प्रहरी चौकी र स्थानीय रेडियोलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु बितरण गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमका महाधिबेशन प्रतिनिधि गोरख प्रसाद चन्दले जानकारी दिनुभयो ।

वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा ३० हजार पिस सर्जिकल मास्क, ४ सय ५० पिस हात्तधुने सावुन, १२ पिस अक्सोमिटर, १२ पिस थर्मल गन, ५ पिस पीपीई सेट, ५ बक्स ग्लोब्स, ११ वटा ५ लिटरका सेनिटाइजरका बोत्तल रहेका छन ।

नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाको संयोजन, क्यालिफोर्निया रुकुम जनसम्पर्क समिति, नेपाल टेक्सास अमेरिका, काँग्रेस निति तथा प्रशिक्षण अनुसन्धान सदस्य चन्द्र कुसारी, बिपि  अध्यन युवा सञ्जाल जिल्ला अध्यक्ष हेमराज केसी र सन्तोष रोकाको सहयोगमा उक्त सामाग्रि बितरण गरिएको महाधिबेशन प्रतिनिधि चन्दले जानकारी दिनुभयो ।

क्यालिफोनिया रुकुम जन सम्पर्क मञ्चको २ लाख ६ हजार , नेपाल टेक्सास अमेरीकाको ५६ हजार ९ सय, काँग्रेस निति तथा प्रशिक्षण अनुसन्धान सदस्य चन्द्र कुसारीले ४१ हजार र विपि अध्यक्ष युवा सञ्जाल जिल्ला अध्यक्ष हेमराज केसीको २५ हजार गरी जम्मा ३ लाख २८ हजार ८ सयका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं विष्ट, नेपाली काँ्र्रेसका महाधिबेशन प्रतिनिधि गोरख प्रसाद चन्द, नेपाली काँग्रेस सानीभेरीका सभापति कर्ण बहादुर डाँगी, जिल्ला सदस्य रिप बहादुर ओली, वडा नं.११ का वडा अध्यक्ष तुल्सीराम बुढाथोकी, नेविसंघका जिल्ला अध्यक्ष लाल बहादुर ओली , सदस्य हेमराज केसी लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार