बैरागीठाँटीमा बन्दैँ गरेको पक्की पुल भत्कियो (तस्बिरसहित)

बैरागीठाँटीमा बन्दैँ गरेको पक्की पुल भत्कियो (तस्बिरसहित)

मुसिकोट । रुकुम पश्चिमको बैरागीठाँटी सोलाबाङलाई जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ। मुसिकोट नगरपालिका वडा नं. ४ सोलाबाङ र वडा नं. १२ को बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढिका कारण गएराती भत्किएको हो ।

करिब ढलानको काम सकिएको थियो । निमार्णको जिम्मा पाएको इलाईट सुर्य कन्टक्सनका प्रतिनिधि हिरा लामाका अनुसार करिब ५ करोड भन्दा बढी  क्षति भएको छ ।

३५ मिटर लम्बाई रहेको उक्त पुल गर्त बर्ष सम्पन्न सम्पन्न हुनुपर्ने भएपनि निमार्ण कम्पनी काम सम्पन्न नगरेपछि सडक विभागले एक बर्ष थप गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार