पशुवस्तुको स्वास्थ्य जाँचको लागि रुकुममा प्रयोगशाला तयार

पशुवस्तुको स्वास्थ्य जाँचको लागि रुकुममा प्रयोगशाला तयार

मुसिकोट । रुकुम पश्चिममा पशुवस्तुको स्वास्थ्य जाँचको लागि प्रयोगशाला भवन तयार भएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा अस्पताल रुकुम पश्चिममा करिब २१ लाखको लागतमा प्रयोगशाला तयार गरिएको हो ।

यस प्रयोगशाला भवनबाट अव बिरामी पशुवस्तुको सम्पुर्ण जाँच जिल्लामै हुनेछ । नव निर्मित प्रयोगशाला भवनबाट पशुवस्तुको एक्सरे गरिनुका साथै गोबर, पिसाव, रगत, दुधको जाँच हुने पशु अस्पताल तथा पशु सेवा अस्तालका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताउनुभयो । निमित्त प्रमुख शर्माका अनुसार यस अघि बिरामी भएका पशुवस्तुको रगत, गोबर, पिसाब, दुध जाँचको लागि सुर्खेत, काठमाडौ पठाउनुपर्ने बाध्यता रहेको थियो । अब उक्त समस्या समाधान भएको शर्माले जनाउँनुभयो ।

नव निर्मित प्रयोगशाला भवनको तीन ओटा कोठाबाट आगामी महिना देखि सेवा सञ्चालन हुने गरी तयारी अवस्थामा राखिएको छ । प्रयोगशालामा अत्यावश्यक रहेका एक्सरे मेसिन लगायत रगत, गोबर, पिसाब, दुध जाँच गर्ने मेसिन समेत आईपुगेको छ । कर्णाली प्रदेश सरकारको २० लाख ९८ हजार रकममा भवन निर्माण सम्पन्न भएको हो ।

पशुपालनको लागि उत्तम मानिएको यस जिल्लामा रहेका पशुवस्तु बिरामी परेमा उपचारको लागि हुदै आएको समस्या समाधान भएको पशु अस्पताल तथा पशु सेवा अस्पतालका पशु स्वास्थ्य प्राविधिक बिरेन्द्र केसीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार