कांग्रेस द्धारा बाँफिकोटमा कन्सन्टेटर सहयोग

कांग्रेस द्धारा बाँफिकोटमा कन्सन्टेटर सहयोग

मुसिकोट । नेपाली कांग्रेसको कोभिड संक्रमण नियन्त्रण तथा अनुगमन समितिले रुकुम पश्चिममा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकालाई अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुर्याउन एक वटा १० लिटरको कन्सन्टेटर र मास्क लगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले पठाएको उक्त सामग्री नेपाली कांग्रेस रुकुमका पूर्व सचिव हर्क सिंह खत्री, नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य जेके बाँठा मगर लगायतले गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी र अहेव विवेक बुढाथोकीलाई हस्तान्तरण गरिएको कोभिड संक्रमण नियन्त्रण तथा अनुगमम समिति रुकुम पश्चिमका सूचना संयोजक तारक केसीले जानकारी दिनुभयो ।

त्यस्तै सामाग्री हस्तान्तरण कार्यक्रममा काङ्ग्रेस रुकुमका नेता खम्बु मल्ल, कांग्रेस बाँफिकोटका सभापति नर बहादुर चन्द, सचिव दिपक कुसारी ,बुढुमष्टट क्षेत्र विकाश समितिका प्रमुख संरक्षक ध्रुवराज केसी बुद्धिजीवी गोपाल केसी, शेरवीर दाहाल, रामप्रसाद केसी, चिरञ्जीवी मल्ल लगायतको उपस्थिति रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार