भूमे गाउँपालिकामा ४९ करोड ९१ लाखको बजेट विनियोजन (पूर्णपाठ)

भूमे गाउँपालिकामा ४९ करोड ९१ लाखको बजेट विनियोजन (पूर्णपाठ)

मुसिकोट । रुकुम पूर्वको भूमे गाउँ सभामा झण्डै ५० करोडको बजेट पेश भएको छ । उपाध्यक्ष मनकुमारी बुढा विष्टले विहीबारको गाउँ सभामा पेश गरेको आर्थिक बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८/०७९ लागि ४९ करोड ९१ लाख ८ सय ८१ रुपैयाँ विनियोजन गरिएको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ २९ करोड ५९ लाख ७५ हजार पाँच सय एक अर्थात ५९ दशमलव २५ प्रतिशत र पूँजीगततर्फ २० करोड ३४ लाख छ हजार तीन सय असी अर्थात ४० दशमलव ७५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आन्तरिक राजश्वबाट ६१ लाख ७८ हजार, राजस्व बाँडफाँडबाट ८ करोड २९ लाख ५२ हजार सात सय तीस तथा गत वर्षको अनुमानित मौज्दात २ करोड ५० लाख गरी आन्तरिक आयबाट जम्मा ११ करोड ४१ लाख ३० हजार सात सय तीस अर्थात २२ दशमलव ८६ प्रतिशत आय व्यहोर्ने उल्लेख छ ।

यस्तै वित्तीय समानीकरण अनुदानबाट ११ करोड ९५ लाख ७० हजार अर्थात् २३ दशमलव ९५ प्रतिशत, सःशर्त अनुदानबाट २० करोड ४७ लाख ७० हजार अर्थात ४१ दशमलव ०२ प्रतिशत र स्थानीय जनसहभागिताबाट ५३ लाख ३७ हजार आठ सय अर्थात एक दशमलब ०७ प्रतिशत व्यहोरिने छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड तथा आन्तरिक आय परिचालन गर्दा पनि नपुग हुने रकम ८० लाख आन्तरिक ऋणबाट व्यहोर्ने गरी बजेट विनियोजन गरिएको छ । 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार