सानीभेरीमा दुई महिने हाउस वायरिङ्ग तालिम सम्पन्न

सानीभेरीमा दुई महिने हाउस वायरिङ्ग तालिम सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा युवाहरुका लागि दुई महिने हाउस वायरिङ्ग तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा गाउँपालिकाका युवाहरुलाई हाउस वायरिङ्ग तालिम दिइएको छ ।

सीप सिकौं आत्मनिर्भर बनौं भन्ने नाराको साथ सञ्चालन गरिएको हाउस वायरिङ्ग तालिममा गाउँपालिकाका १३ जना युवाहरुको सहभागिता रहेको थियो ।

बिहिबार तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सानीभेरी गाउँपालिकाका अध्यक्ष नर बहादुर पुनले युवाहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा उत्र्तान आग्रह गर्नुभएको छ ।

दुई महिने तालिम पश्चात जीवन व्यवहारमा समेत प्रयोग हुने सीपले युवालाई सीप विकाससँगै आय आर्जनमा समेत सहयोग पुग्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका प्रमुख मोहन कुमार केसीले बताउनु भयो ।

कोभिड-१९ का कारण केहि दिनका लागि तालिम रोकिएपनि पछि समय थप गरेर पुरा कोर्ष सिकाईएको प्रशिक्षक गणेश पौडेलले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नर बहादुर पुन र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहन कुमार केसीले संयुक्त रुपमा तालिममा सहभागिहरुलाई प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।  

तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनबिर ओली, सानीभेरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष टेक बहादुर पुन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं बिष्ट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी धरणीधर केसी र नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार