बाढीपहिरो प्रभावितलाई कोरोनाविरूद्धको खोप लगाइने

बाढीपहिरो प्रभावितलाई कोरोनाविरूद्धको खोप लगाइने

फाईल तस्बीर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ।  नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन्।

उनले चाँडै नै कोभिड-१९ विरूद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए।  ‘कोभिड-१९ विरूद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौं’, उनले भने, ‘हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरिकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौं।’

उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे।

उनले कोभिड-१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिए। उनले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड-१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखे।

यस्तै, उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एसोसिएसनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन्।

यस्तै, उनले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि शय्या थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार