युवा संघको पहलमा त्रिवेणीमा स्वास्थ्य सामग्री हस्तान्तरण

युवा संघको पहलमा त्रिवेणीमा स्वास्थ्य सामग्री हस्तान्तरण

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराईएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमको पहलमा विभिन्न स्वास्थ्य सुरक्षाका सामग्रीहरु गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हरिबोल भारतीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्रीहरुमा १० लिटरको एउटा अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरको एउटा अक्सिजन सिलिण्डर, ५० थान एन नाइन्टी फाइभ मास्क, १२ सय ५० पिस सर्जिकल मास्क, २५ थान पिपिइ सेट, ५० थान डिस्पोजल पिपिइ सेट, १ सय थान ग्लोब्स र ५० पिस फेश शिल्ड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार गाउँपालिकामा पुगेर राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला युवा समितिका अध्यक्ष भिमराज ओली, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हरिबोल भारती, उपाध्यक्ष प्रजित बुढा, नेकपा एमालेका जिल्ला सदस्य अमर ओली, विद्यार्थी नेता प्रकाश खड्का लगायत युवाहरुले स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेका हुन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार