संरक्षक विहिन, अपाङ्गता भएका र अति विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

संरक्षक विहिन, अपाङ्गता भएका र अति विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

रुकुम (पूर्व) । रुकुम पूर्वको भूमे गाउँपालिकाले संरक्षक बिहिन अपाङ्गता भएका तथा अति विपन्न विद्यार्थिहरुलाई आर्थिक सहयोग गरेको प्रदान गरेको छ । भूमे गाउँपालिकाको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आज एक कार्यक्रमका बिच ८५ जना बालबालिकालई सहयोग हस्तान्तरण गरेको हो ।

उक्त आर्थिक सहयोगको लागि गाउँपालिका गत बैशाखमा एक हप्ताको लागि म्याद राखेर सम्पूर्ण भूमे गाउँपालिका भित्र रहेको ३३ ओटा विद्यालयमा पत्राचार गरेको थियो । जसमा १६ विद्यालयले आफ्नो विद्यार्थीहरुको लिस्ट सहित निवेदन पेश गरेका थिए । १६ ओटा बिदालयका १ सय ३१ जना विद्यार्थीको निवेदन परेकोमा गाउँपालिकाले मापदण्ड अनुसार ८५ जना विद्यार्थीहरुलाई छनौट गरेका थियो । छनौट भएका विद्यार्थीहरुलाई आज गाउँपालिकामै विद्यार्थीको हातमा नगद चार हजार सात सय रुपैयाको दरले आर्थिक सहयोग गरिएको हो ।

उक्त कार्यक्रमा बोल्दै भूमे गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामसुर बुढा मगरले विगतको माओवादी आन्दोलनबाट नै यसको सुरुवात गरिएको र जस अनुसार त्यस बेला गाउँपालिकाको वडा नम्वर ३ क्याङ्सीमा श्री शहिद वासु स्मृती आवासीय विद्यालय स्थापना गरिएको स्मरण गराउनुभयो । कार्यक्रममा अध्यक्ष बुढाले प्राविधिक शिक्षा हाँसिल गर्नको लागि आर्थिक अभावले रोकिएका विद्यार्थीको लागि गाउँपालिकाले निशुल्क ऋणको व्यवस्था गरेको बताउनुभयो ।

भूमे गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मन कुमारी बुढाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र शिक्षा अधिकृत अधिकृत लगायतको उपस्थिति रहेको थियो । काय्र्रक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख यमुना खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार