मुसिकोट नगरपालिकाद्धारा बालवालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

मुसिकोट नगरपालिकाद्धारा बालवालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले संरक्षणविहिन वालवालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । नगरपालिका अन्तरगत महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाले आज बाबु वा आमा गुमाएका तथा संरक्षण बिहिन वालवालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

आर्थिक बर्ष ०७७/०७८ को बिनियोजित रु. एक लाखबाट शैक्षिक सामाग्री खरिद गरि नगरपालिकाभित्र रहेका ४० जना संरक्षण बिहिन वालवालिकाहरुलाई बितरण गरिएको हो । नगर प्रमुख देविलाल गौतम, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी र सामाजिक विकास समिति संयोजक शुसिल गौतमले वालवालिकालाई शैक्षिक सामाग्री बितरण गर्नुभएको हो ।

वालवालिकालाई बिद्यालय पोशाक, झोला, कापी र कमल दिइएको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाकी सहायक महिला विकास निरिक्षक कमला मल्लले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख भावना शाह, नेपाल पत्रकार महासँघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी एवम् वालवालिका र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार