भूमे गाउँपालिकालाई २० लाख बराबरका स्वास्थ सामाग्री हस्तान्तरण

भूमे गाउँपालिकालाई २० लाख बराबरका स्वास्थ सामाग्री हस्तान्तरण

रुकुम पूर्व । कोरोना भाइरसको महामारी नियन्त्रणमा सघाउ पुर्याउन युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलस्टरले भूमे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज भूमे गाउँपालिकाको कार्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई एक कार्यक्रमका बिच सामाग्री हस्तान्तरण गरिएको हो ।

अक्सिजन कन्सन्ट्रेटर ८ वटा, पिपिइ ४० सेट, ह्यान्ड सेनिटाइजर ५० वटा, कोभिड आइशोलेशन किट जम्मा १५ सेट, एमनाईन्टिन मास्क १ सय पिस लगायत अन्य थुप्रै गरी २० लाख बराबरको स्वास्थ्य सामाग्री भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढालाई हस्तान्तरण गरिएको हो ।

अध्यक्ष बुढाले उक्त संस्थालाई धन्यवाद दिनहुदै सरकारले मात्र मुख नताकेर सकेजती आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, स्वास्थ्य संयोजक उपेन्द्र यादव, युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलस्टरका शिक्षा अधिकृत कुलनारायण चौधरी, कार्यक्रम व्यवस्थापक सन्ध्या सुवेदी र नेपाल जनजनगरण मन्चका अध्यक्ष टेक बहादुर कुसारी लगायतको उपस्थति रहेको थियो ।

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण जनजागरण मन्चका कार्यक्रम निर्देशक शम्भु वि.सी. ले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार