केन्द्रिय सदस्य सुन्दर सहित ११ बिद्यार्थी नेता नियन्त्रणमुक्त

पाँच जना घाइते

केन्द्रिय सदस्य सुन्दर सहित ११ बिद्यार्थी नेता नियन्त्रणमुक्त

पाँच जना घाइते

मुसिकोट । प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा पक्राउ परेका बिद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रण मुक्त गरेको छ ।

विपक्षि गठबन्धन निकट सयुक्त बिद्यार्थी संठगनले आज बेलुका रुकुम पश्चिमको सदरमुकाम खलंगामा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले ११ जना बिद्यार्थी नेतालाई गिरफ्तार गरेको थियो ।

गिरफ्तारीमा परेका बिद्यार्थीहरुले ३ घण्टा सम्म प्रहरीले आफुलाई नियन्त्रणमा राखेको बताएका छन् । पक्राउ परेकाहरु मध्ये अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा, जिल्ला अध्यक्ष सुशिल बिष्ट, जिल्ला सचिव नारायण केसी, बिद्यार्थी नेता बिशाल बिष्ट र अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान जिल्ला उपाध्यक्ष सोमपाल कामी घाईते हुनुभएको छ ।

घाईतेहरु सँगै अनेरास्ववियूकी केन्द्रीय सदस्य भावना शर्मा, अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रेमप्रशान्त बोहरा ११ जनालाई प्रहरीले नियन्त्रण मुक्त गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार