मुसिकोटको केन्द्र सेरीगाउँमा सार्ने प्रस्ताव पारित, काँग्रेसद्धारा नगरसभा बहिष्कार

मुसिकोटको केन्द्र सेरीगाउँमा सार्ने प्रस्ताव पारित, काँग्रेसद्धारा नगरसभा बहिष्कार

मुसिकोट । जिल्लाको मुसिकोट नगरपालिकाको नवौ नगरसभाले नगरपालिकाको केन्द्र वडा नम्वर १ खलंगाबाट वडा नम्वर ५ सेरीगाउँमा सार्ने प्रस्ताव पारित गरेको छ ।
बिहिबार भएको नगरपालिकाको नवौ नगरसभाको दोश्रो बैठकमा कुल ७२ जना नगरसभा सदस्य मध्य ४८ जनाले नगरपालिकाको केन्द्र वडा नम्वर ५ स्थित सेरीगाउँमा सार्ने पक्षमा मतदान गरेको नगर प्रमुख देविलाल गौतमले जनाउँनुभयो ।
नेपाली काँग्रेसले भने यसको बिरोध गरेको छ । नेपाली कांग्रेसबाट निर्वार्चित २४ जना जनप्रतिनिधीहरुले सामुहिक रुपमा विज्ञप्ती जारी गरेर नवौ नगरसभाको अधिवेशन नै बहिष्कार गरेको बताएका छन् । २४ जना जनप्रतिनिधिहरुले नगरसभामा अनुुपस्थित भएर बिरोध जनाएको वडा नम्वर १२ का वडा अध्यक्ष प्रेमबहादुर ओलीले बताउनुभयो ।
उहाँहरुद्धारा जारी विज्ञप्तीमा नेपालको संविधानको मुल मर्म, भावना एवम् स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा महत्वपूर्ण भुगोल क्षेत्रका जनताको हित विपरित भएको मुसिकोट नगरपालिका हरेक निर्णयहरु एकलौटी रुपमा गर्दै आएको नगरपालिकाले केन्द्र तोक्ने जस्तो महत्वपूर्ण र दुरगामी महत्वको निर्णयमा समेत बहुमतको नाममा एकलौटी गरेको कारण नवौं नगरसभाको दोस्रो बैठक बहिष्कार गर्न बाध्य भएको जनाएइको छ ।
नगर समितिद्धारा समेत विरोध
नगरपालिकाको केन्द्र सेरीगाउँ तोक्ने बिषयमा भएको नगरपालिकाको यस निर्णयको नेपाली काँग्रेस मुसिकोट नगर समितिले पनि बिरोध जनाएको छ । नेपाली काँग्रेस मुसिकोटका नगरसभापति महेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा मुख्य प्रशासनिक तथा ब्यावसायीक केन्द्रका रुपमा रहदै आएको मुसिकोट खंलगा बजारमा रहेको मुसिकोट नगरपालीकाको प्रशासनिक केन्द्रलाई आम नगरवासीको चाहाना बिपरित गैरकानुनीरुपमा केहि राजनितिक दल तथा त्यसका केहि निहित ब्यक्तिको स्वार्थसिद्धका लागि अन्यत्र सार्न गरिएको षड्यन्त्रपूर्ण कार्यको घोर विरोध गर्दछौ भनिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार