सानीभेरी गाउँपालिका द्धारा दुई पत्रकार सम्मानित

सानीभेरी गाउँपालिका द्धारा दुई पत्रकार सम्मानित

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जिल्लाका दुई जना पत्रकारलाई सम्मान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वर्षे अधिवेशनको गाउँ सभाबाट शुक्रबार पत्रकारलाई पुरस्कार सहित सम्मान गरेको हो ।

गाउँपालिकाले रेडियो सानीभेरीका समाचार प्रमुख मनिष खड्का र रेडियो मौराखाराका समाचार प्रमुख केशर पुन मगरलाई सम्मान गरेको हो । गाउँपालिकाको नीति, योजना तर्जुमा, विकास निर्माण, सुशासन, सेवा प्रवाह तथा सामाजिक सचेतना प्रवर्धन लगायत समृद्धिका गतिविधिलाई पत्रकारिताको माध्यमबाट प्रचार गरी उल्लेखनीय भुमिका खेलेको भन्दै सम्मान गरेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुनले नगद ७ हजार र सम्मान पत्र सहित दोसल्ला ओढाएर खड्का र पुनलाई पुरस्कृत तथा सम्मान गर्नुभएको छ । पत्रकारहरुका साथै गाउँपालिकाले विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति तथा सस्थालाई समेत सम्मान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार