देउवाले लिए शपथ, बने पाँचौँपटक नेपालको प्रधानमन्त्री

देउवाले लिए शपथ, बने पाँचौँपटक नेपालको प्रधानमन्त्री

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन्।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन्। यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए।

यसअघि सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। देउवालाई संसद पुनर्स्थापना र आफुलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए। उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा २ घन्टा २० मिनेट ढिलो सुरु भएको थियो।

देउवाले एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार