वर्षातका समय खच्चडकै सहारा

वर्षातका समय खच्चडकै सहारा

जाजरकोट । वर्षायाममा सडकहरू अवरुद्ध भएपछि खच्चडको सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ । हिउँदको समयमा गाडीमा ढुवानी हुने ठाउँमा अहिले खच्चडको प्रयोग गरिँदै आएको छ । खच्चडमा ढुवानी गरिँदा हिउँद समयभन्दा वर्षामा दैनिक उपभोग्य सामग्रीको मूल्य बढिरहेको व्यापारीहरू बताउँछन् ।

जुनिचाँदे गाउँपालिकाका विभिन्न ठाउँमा हरेक सामग्रीको मूल्यमा २५ प्रतिशतभन्दा बढी रहेको स्थानीयवासी महेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रोमा मात्र हो कि अन्यत्र पनि यस्तै हो रु हरेक सामग्रीमा २५ प्रतिशत मूल्य वृद्धि भएको छ । खोजेको वस्तु पाउनसमेत मुस्किल भएको छ ।”

कच्ची कटान गरेको सडकहरू ठाउँठाउँमा भत्किनाका साथै खहरे खोलामा पानीको मात्रा बढेका कारण यातायातका साधनहरू सञ्चालन हुन नसकेका हुन् । भौतिक निर्माणका कामसमेत दैनिक निर्माणका सामग्री नपाउँदा अवरुद्ध हुँदै आएको छ ।

जाजरकोट–जुम्ला सडक खण्डभित्रको खलङ्गा–पाँचकाटिया जोड्ने सडक भेरी नगरपालिका–२ गारा राङसीमा पटकपटक भत्किएपछि सञ्चालन गर्न मुस्किल भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । उनले भने, “कति पटक सडक मर्मत गर्नु……हामीसँग एउटा मात्र डोजर छ, कहाँ लिएर मर्मत गर्नु हैरान भइसक्यो ।”

खलङ्गा–पाँचकाटीया सडक कसरी निर्माण गरेको हो, आकाशबाट पानी झर्न बित्तिकै अवरुद्ध हुन्छ । सानासाना र आफ्नो छेउछाउको सडक स्थानीय तहले मर्मत गरे पनि हुने हो भन्दै प्रजिअ देवकोटाले भने, “अब छिट्टै बैठक राखेर केही निर्णय गरेर अगाडि बढ्नुपर्ने जरुरी भइसकेको छ ।”

त्यस्तै नलगाड नगरपालिका–जुम्ला जोड्ने सडकको सक्लामा पहिरो आउँदा सडक अवरुद्ध भएको हप्ता दिन बिते पनि मर्मत नहुँदा यातायातका साधनहरू सञ्चालनमा मुस्किल भएको छ । अहिले बारेकोटमा खच्चडमार्फत दैनिक ढुवानीका काम हुँदै आएका छन् । नलगाड नदीको खारास्थित पुल निर्माणमा ढिलाइ गरिँदा अस्थायी रुपमा निर्माण गरेको काठेपुल नदीमा पानीको बहाव बढेसँगै सो पुल बगेपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

यातायात अवरुद्ध भएसँगै झुलुङ्गे पुलमा खच्चडहरू तारेर बारेकोटमा दैनिक उपभोग्य सामग्री ढुवानी कार्य भइरहेको स्थानीय व्यापारी नीमबहादुर सिंहले बताए । मुख्य सडकबाहेक अन्य पालिका जोड्ने अधिकांश सडकहरू अवरुद्ध भएसँगै खच्चडको भरमा ढुवानी कार्य शुरु भएको छ । खच्चडको भरमा ढुवानी हुँदा मूल्य अस्वाभाविक रुपमा बढेको स्थानीयवासीको गुनासो छ  । डोजरमार्फत खनिएका सडकहरूमा माटो कम्जोर हुँदा जहाँको त्यही पहिरो आएको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै सडक जथाभावी खनिँदा कुशे गाउँपालिका–६ जरगाउँमा १५ जना परिवारको बस्ने घरहरू जोखिममा हुँदा घर छोडेर खुल्ला आकाशमा बस्न बाध्य भएको पीडित भीमबहादुर परियारले बताउ । घरदेखि तल सडक निर्माण गरिँदा घरहरू निर्माण गरेको जमीन भासिएपछि गाउँलेले घर छोडेको उनले बतताए ।

भेरी नगरपालिका–२ रिसाङस्थित गाउँमा प्राविधिकले दिएको अनुमानभन्दा फरक ठाउँबाट सडक निर्माण गरिँदा १३ घर विस्थापित भएका छन् भने सात घर भत्किएका छन् । त्यस ठाउँमा सडक अवरुद्ध हँुदा खच्चडकै सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको छ ।

कुशे गाउँपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र पाँचकाटीया बजारमा सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामगी पाउन मुस्किल भएको स्थानीय व्यापारी युवराज ओलीले बताए । उनले भने, “सामग्री खच्चडमै लिन समस्य छ, जाजरकोट सदरमुकाममा समेत खोजेको सामग्री पाइँदैन । गाउँमा कसरी पु¥याउने रु यातायात ठप्प छ, खच्चडमा अत्यधिक चर्को भाडा छ ।”

नयाँ अन्न पाकी नसकेको र पुरानो सकिएको अवस्थामा सर्वसाधारण खाद्यान्नको भर स्थानीय बजार नै हुन् । स्थानीय बजारमा समेत दैनिक उपभोग्य सामग्री ढुवानी कार्य कठिन भएपछि गाउँमा खाद्यान्न अभाव देखिन थालेको छ । वर्षायाम शुरु हुनुपूर्व नै सबै सामग्रीको जोहो गर्न प्रशासनले आग्रह गरे पनि त्यो कार्यमा कसैले ध्यान नदिँदा अहिले समस्या देखापरेको छ । स्थानीय सरकारका प्रतिनिधिहरूले सडक धेरै ठाउँमा भत्किएको छ, बजेटको जोहो गरेर मर्मत गर्ने वचन दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार