ट्रक सहचालकको करेन्ट लागेर मृत्यु

ट्रक सहचालकको करेन्ट लागेर मृत्यु

मुसिकोट । सल्यानमा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका-१४ का २५ वर्षीय बिमल भण्डारीको करेन्ट लागेर शुक्रबार बेलुका मृत्यु भएको छ।

सल्लानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सल्यानबाट काठका गोलिया लोड गरि दाङ तर्फ जाँदै गरेको रा १ ख २४२७ नम्बरको ट्रकको माथि चढेर डोरीले बाँध्ने क्रममा सडक छेउमा बिस्तारित नाङ्गो बिद्युतको तारले उनलाई छुँदा करेन्ट लाग्न पुगेको हो।

सल्लानको कपुरकोट गाउँपालिका-३ ठूलोचौर नेर सल्लाको गोलिया लोडेड ट्रकमाथि चढेर डोरी कस्ने क्रममा बेलुका ८ बजेतिर सडक किनारबाट बिस्तारित बिद्युतको नाङ्गो तारले छुँदा करेन्ट लागेर गम्भीर भण्डारीलाई कपुरकोट स्वास्थ्य चौकीमा पुर्‍याउना साथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार