रुकुम पश्चिममा साउन ३२ गतेसम्म निषेधाज्ञा, भौतिक उपस्थितिमा पढाई सञ्चालन गर्न नपाईने

रुकुम पश्चिममा साउन ३२ गतेसम्म निषेधाज्ञा, भौतिक उपस्थितिमा पढाई सञ्चालन गर्न नपाईने

मुसिकोट । रुकुम पश्चिममा यही साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि साउन २३ गतेसम्म जारी गरेको निषेधाज्ञा लाई पुन: साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवाले जानकारी दिनुभयो ।

यस्तै विवाह, ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा २५ जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर गर्न भने पूर्ण रुपमा बन्देज लगाइएको छ ।

निषेधाज्ञा अवधिभरमा शैक्षिक संस्थाहरु बन्द रहनेछन भने तोकिएका परिक्षाहरु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरुको पालना गरी सञ्चालन गर्ने पाइनेछ ।

पछिल्लो समय जिल्लाका केहि स्थानीयतहरुले विद्यालय सञ्चालनको लागि सम्बन्धित वडा कार्यालयलाई निर्णय गर्ने अधिकार दिएको छ । तर अधिकाश वडा कार्यालयले ठोस रुपमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने मिति भने तोकेका छैनन ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार