रुकुम पश्चिममा २२ वटा अक्सिजन कन्सनट्रेटर सहयोग

रुकुम पश्चिममा २२ वटा अक्सिजन कन्सनट्रेटर सहयोग

मुसिकोट । नेपाल खीष्टिय राहत सेवा रुकुमले जिल्लामा २२ वटा अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।  कोभिड-१९ का बिरामीहरुको उपचारमा सहयोग पुग्ने हेतुले जिल्ला अस्पताल सल्ले  र अन्य पाँच वटा स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्थाको लागि अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ ।

जिल्ला अस्पताल सल्लेमा ५ वटा, मुसिकोट नगरपालिकामा ५ वटा, सानीभेरी गाउँपालिकामा ३ वटा, त्रिबेणी गाउँपालिकामा ३ वटा र बाँफिकोट गाउँपालिकामा ३ वटा गरि जम्मा १९ वटा अक्सिजन कन्सनट्रेटर कार्यालयमा पुगेर मंगलबार र बुधबार हस्तान्तरण गरिएको छ ।

जम्मा २२ वटा अक्सिजन कन्सनट्रेटर मेशिन हस्तान्तरण गर्ने भनिएकोमा आठविसकोट नगरपालिकाको लागि ३ वटा केहि दिनमा बितरण गरिने नेपाल खीष्टिय राहत सेवाका कोषाध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो । कोषाध्यक्ष शर्माका अनुसार २२ वटा अक्सिजन कन्सनट्रेटरको मुल्य ३३ लाख परेको छ ।

यस्तै नेपाल खीष्टिय राहत सेवाले यसअघि जिल्लाको मुसिकोट नगरपालिकाको सबै वडा र जिल्लास्थित सम्पूर्ण पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार