रगत होलीको टीका हो र ?

रगत होलीको टीका हो र ?

रगत नदिको पानी जस्तै
कल कल बग्ने चिज होइन
रगत घुयाको भाउमा बिक्रि हुने
सस्तो तरकारी पनि होइन
रगत बगाउने कसैको
रहर अनि चाहना पनि होइन
रगतको आफ्नै
मूल्य र इतिहास हुन्छ
रगतमा दम अनि
बलशाली गौरवगाथा हुन्छ
अन्यायको विरुद्धमा
असत्यको विरुद्धमा
दमनको विरुद्धमा
दम्भ र अहंकारको विरुद्धमा
घमण्ड र प्रतिशोधको विरुद्धमा
नौटंकीको विरुद्धमा
नीति र विधि विपरीत हर्कत गर्नेहरुका विरुद्धमा
क्रान्ति र परिवर्तनका विपरीत हर्कत गर्नेहरुका विरुद्धमा
एकल काँटे गुटेहरुका विरुद्धमा
शैक्षिक माफियाका विरुद्धमा
गफाडीका विरुद्धमा
टाउकोमा कफन बाँधी
विचार र आस्थाको आदर्शमा
देश र जनताको अधिकारमा
पवित्र भूमिमा
योद्धाको रगत बग्न सक्छ
रगतमा घात गर्नेहरुको
निरंकुश सत्ता एक दिन
गर्ल्यामगुर्लम ढल्छ ।
महाशय !
भिजीलान्तेको आशीर्वाद
एक निमेषमै डुव्छ
क्रान्ति र परिवर्तन
दमनले रोकिदैन
किनकि रगत
तिमीले कल्पेको जस्तो
होलीको टीका हो र ?
(२०७८/०४/२८)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार