साउन ३० गतेदेखि रुकुममा समिट एयरलाइन्सको नियमित हवाई उडान

साउन ३० गतेदेखि रुकुममा समिट एयरलाइन्सको नियमित हवाई उडान

मुसिकोट । नेपालका विभिन्न पहाडी जिल्लाहरुमा हवाई सेवा दिदै आएको समिट एयरलाइन्सले रुकुममा पनि हवाई सेवा बिस्तार गर्ने भएको छ । पछिल्लो समय रुकुम बाट नेपालगञ्ज र काठमाडौँ जाने आउने यात्रुहरुको संख्या दैनिक बढेपछि सहजताको लागि समिट एयरलाइनसले रुकुम जिल्लामा हवाई सेवा सञ्चालन गर्ने भएको समिट एरलाइन्सका रुकुम प्रवन्धक टोपवहादुर खड्काले जानकारी दिनुभएको छ ।

हवाई सेवा संचालनका लागि बुधबार स्थानीय प्रतिनिधी र हवाई कम्पनी बिच सम्झौता भएको छ । पहिलो चरणमा हप्तामा १ दिन नेपालगन्ज रुकुम सल्ले र रुकुम सल्ले नेपालगञ्जको लागि उडान हुने भएको छ ।

यात्रुहरुको चाप र मागका आधारमा जिल्लामा थप उडान गरिने प्रवन्धक खड्काले जानकारी दिनुभएको छ। यसका साथै चार्टर उडानको पनि व्यवस्था गरिएको छ ।हाललाई रुकुम नेपालगञ्ज र नेपालगञ्ज रुकुमका लागि प्रति यात्रु ४०००।- रुपैयाँ सेवा शुल्क तोकिएको छ ।

यस्तै नेपालगञ्ज बाट रुकुम सल्ले बिमानस्थलमा समिट एयरलाइन्सको पहिलो हवाई उडान साउन ३० गते शनिवार हुने भएको छ जसको लागि टिकट बुकिङ कार्य पनि सुरु गरिएको छ । नेपालगन्जको लागि सम्पर्क व्यक्ति सुदिप खड्का ९८४११३०६७६ र रुकुम पश्चिमको लागि ९८५७८२२९५६, ०८८५३००४८ मा सम्पर्क गर्न सकिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार