एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

फाईल तस्बीर

रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।

रोल्पाको माडी गाउँपालिकाका-२ मा आज शनिबार बिहान करिब ४ बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार