कांग्रेसले थप्यो ९ भातृ संघको म्याद

कांग्रेसले थप्यो ९ भातृ संघको म्याद

काठमाडौँ । नेपाली कांग्रेसले ९ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको छ।

म्याद सकिएका भातृ संघसंस्थाको अधिवेशन गराउनुपर्नेमा कांग्रेसले पटकपटक म्याद थप गर्दै आएको छ। यसपटक कुन विधान र कानुनअनुसार ती भातृ संघसंस्थाका म्याद थपियो भन्नेबारे कांग्रेस केन्द्रीय समितिको शनिबारको निर्णय मौन छ।

नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद छ महिना थप गरिएको हो।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदावधी सकिएको मितिले भातृ संस्थालाई छ महिना म्याद थप गर्ने निर्णय भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार