३ बुँदे सहमतिको कार्यान्वयन गर्न अखिल (क्रान्तिकारी) रुकुमको माग

३ बुँदे सहमतिको कार्यान्वयन गर्न अखिल (क्रान्तिकारी) रुकुमको माग

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै

मुसिकोट । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले निसर्त विना कुनै पुर्वाग्रह ३ बुँदे सहमतिको कार्यान्वयन गरी राजनीतिक निकासको मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे मार्फत प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाउदै सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुँदे सहमति कार्यान्यवन गर्न विनम्रता पूर्वक अनुरोध गरिएको हो।

संगठनका संयोजक सोम्पाल कामीको नेतृत्वमा गएको टोलीले ३ बुँदे सहमति बमोजिम राज्यले बन्दी सम्पूर्ण नेताकार्यकर्ताको रिहाई र सम्पूर्ण झुट्ठा मुद्दाहरुको खारेजी गर्नुपर्नेमा ढिलासुस्ती गरिरहेको र राजनीतिक समस्याको समाधान गर्नको लागि राज्य र सरकार तत्पर नभएको भन्दै ध्यानाकर्षण गराएको छ ।

No description available.

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार