रूकुम पश्चिममा आजबाट अस्ट्राजेनिका खोप लगाईदै

रूकुम पश्चिममा आजबाट अस्ट्राजेनिका खोप लगाईदै

फाईल तस्बीर

मुसिकोट । रुकुम पश्चिममा आजदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाईदै छ । पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका नागरिकलाई आज बाट तीन दिन दोस्रो डोजका रुपमा अस्ट्राजेनिका खोप लगाईदै छ ।

रुकुम पश्चिममा फागुन २३ गतेदेखि चैत्र २ गतेसम्म कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकले दोस्रो डोज लगाउन पाएका थिएनन । स्वास्थ्य सेवा कार्यालय सल्लेका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काका अनुसार मुसीकोट नगरपालिका बाहेकका जिल्लाका ५ वटा स्थानीय तहका खोप केन्द्रबाट कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन बाँकीलाई अस्ट्राजेनिका खोप लगाउन सुरु गरिएको छ ।

उहाँका अनुसार मुसीकोटमा भने असारमा लगाईसकिएको छ । जिल्लामा करिब ५ हजार ५ सय जनाले कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार