इश्वरीलाई उपचारमा समस्या, सहयोगको लागि याचना

इश्वरीलाई उपचारमा समस्या, सहयोगको लागि याचना

मुसिकोट । विभिन्न रोगले ग्रसित रुकुम पश्चिमकी एक महिलालाई उपचारको लागि आर्थिक अभाव भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १३ की ४० वर्षीया इश्वरी खड्काको उपचारका लागि आर्थिक अभाव भएका हो ।

उहाँ विगत लामो समय देखि मृगौला, मुटु र वाथ रोगले ग्रसित हुनुहुन्छ । परिवारका अनुसार उहाँको फोक्सोमा पनि समस्या रहेको छ ।  उहाँका श्रीमान र २ छोरा कमाउनका लागि भारतमा हुनुहुन्छ ।

आफन्त सिता खड्काका अनुसार उहाँको नाममा कुनै पनि सम्पति छैन । सहाराबिहिन अवस्थामा रहेकी इश्वरी ३ छोराछोरी सहित हाल माईतीको शरणमा हुनुहुन्छ । अहिले उहाँको उपचार चौरजहारी अस्पतालमा भैरहेको छ ।

परिवारको आर्थिक स्थिती कमजोर रहेकोले उहाँको उपचारमा सहयोग गरिदिन परिवारले सबैलाई अनुरोध गरेको छ । इश्वरी खड्कालाई सहयोग गर्ने चाहनेहरुले मोवाइल नम्बर ९८१२७६१४१४ मा सम्पर्क गर्न सक्नुहुने छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार