पार्टी पुनर्गठन दिवसको अवसरमा ब्याडमिन्टन  प्रतियोगिता

पार्टी पुनर्गठन दिवसको अवसरमा ब्याडमिन्टन  प्रतियोगिता

मुसिकोट । ८ औं पार्टी पुनर्गठन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी रुकुम(पश्चिम)ले जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेको छ ।

आज एक कार्यक्रमका बिच जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि बुढाले पार्टी पुनर्गठनको औचित्य, पछिल्ला विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिएको क्रान्तिकारी र जनपक्षीय नितिबारे आफ्ना धारणा राख्नुभएको थियो ।

उहाँले एकीकृत जनक्रान्तिको कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रम, प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिको पक्षमा गोलबन्द हुन आह्वान गर्नुभयो।त्यस्तै खेलाडी र खेलप्रेमीहरु पनि बैज्ञानिक समाजवादको निम्ति संघर्ष गर्नुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला समितिका सचिवालय सदस्य मोतीराम खड्काले गर्नुभएको थियो भने सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् पार्टी जिल्ला समिति सचिवालय सदस्य प्रेम प्रशान्त बोहराले गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढा, कराते संघका अध्यक्ष चुडामणि पुन , तेक्वान्दो संघका अध्यक्ष भद्र खड्का लगायतको आतिथ्यता रहेको थियो।

उक्त प्रतियोगितामा ३१ टिमले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा विजेता, उपविजेता र सान्त्वना हुने टिमले क्रमश १२ हजार, ८ हजार , ३ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार