प्रविधिको चरम विकास : केही जोखिम केही अनुमान !

प्रविधिको चरम विकास : केही जोखिम केही अनुमान !

शुरुवात : बेलायतको सपिङ्ग मलमा एउटा  घटना घट्यो । जसमा कृत्रिम मानव रोबोटका कृत्रिम हातले घाँटी थिचेर प्राकृतिक मानवको मृत्यु भयो । अब त्यहाँ कसलाई कारवाही गर्ने ? भनी प्रश्न उठ्यो । उक्त यन्त्र मानवलाई कारवाही गर्ने कि ? यन्त्र मानव संचालन गर्ने अपरेटरलाई कारवाही गर्ने ? वा यन्त्र मानव संचालनमा इनपुट सफ्टवेयर इन्स्ट्रक्शन दिने सफट्वेयर डिजाइन कर्तालाई कारवाही गर्ने ?

 

मानव नै कृत्रिम बनाइनसक्ने जोखिम : अब यस्तो हुनसक्छ संसार । कृत्रिम मानवहरु निर्माण हुनसक्छन् । कृत्रिम मानवलाई नागरिकता पनि दिइदैछ । मिस्टर श्याम र मिस सोफियाललाई नागरिकता दिइसकियो । कृत्रिम मानवले अरु नागरिक सरह चुनाव उठ्ने र राजनीति गर्ने अधिकार पनि पाउंदैछ । विज्ञान र प्रविधिको अत्याधिक विकासले कुनै बेला कृत्रीम मानव र प्राकृतिक मानवको लफडा पनि हुनसक्छ । कृत्रिम मानवको अगाडि प्राकृतिक मानव अल्पमतमा पनि पर्नसक्छ । प्राकृतिक मानव निरीह¸ एकछिन भनेको पनि बिर्सने¸ धेरै टाढाको कुरा नदेख्ने¸ उमेर अनुसार बुढो हुंदै जाने¸ दैनिक आराम चाहिने हुन्छ भने कृत्रिम मानव अस्त्र¸ शस्त्र¸ प्रविधि¸ बुद्धीविवेकले सुसज्जित हुनेछ भने ।

 

कृत्रिम मानवको मेमोरी पावर KB, MB, GB मा होइन । Terabyte¸ Zettabyte मा तयार हुनसक्छ । औधोगिकरण संगसंगै हजारौँ मजदुरले गर्ने काम एउटै मेसिनले सस्तो¸ गुणस्तरीय र राम्रोसंग गर्ने भएपछि मानव मजदुरहरुको रोजीरोटी गुमेझैँ । हजारौँ प्राकृतिक मानवले गरिरहेको काम¸ ओर्जिनल मानवहरुले संचालन गरिरहेका उद्योग¸ कलकारखानाका मेसिनहरु प्राकृतिक मानव भन्दा कृत्रिम मानवले राम्रोसंग चलाउन सक्यो भने आठ घन्टा काम¸ आठ घन्टा आराम र आठ घन्टा मनोरन्जनमा समझदारी गरेको फ्याक्ट्री मालिकले उत्पादनको लागि प्राकृतिक मानव होइन कृत्रिम मानव रोज्नसक्छ । कृत्रिम मानवलाई जतिखेर पनि काम लगाउन सकिने भो । यसबाट उत्पादक¸ पुँजीपतिले चाह्यो भने कारखानाका सबै प्राकृतिक मानवलाई विस्थापित गरेर कृत्रिम मानवलाई काममा लाउन सक्छ ।

 

आनुवांशिक हेरफेर गरेर पनि कृत्रिम मानवहरु तयार गरिनसक्छ । आनुवांशिक हेरफेर¸ आनुवांशिक मिसावटबाट छुट्टै र अनौठा मानव¸ आवश्यकता अनुसार उड्नसक्ने पखेटा भएको मानव निर्माण हुनसक्छ । वा अहिलेको प्राकृतिक मानवमा आवश्यकता अनुसार सिस्टम¸ एप्लिकेशन र टेलर्ड वा अन्य सफ्टवेयर तथा एप्सहरु इन्स्टल गर्न सक्ने बनाइन सक्छ । वा प्राकृतिक मानवको आन्तरिक अंग प्रत्यङ्गमा नानो चिप्स जडान गरी मेशिन भन्दा तिव्र र गतिवान मानव बनाइनसक्छ ।

 

प्रविधिको विकास र अनुसन्धानको सीमा नतोक्ने हो भने भोलि विश्वमा छ्याप्छ्याप्ती मेसिनका डुप्लिकेट मान्छेहरु हुनसक्छन् । मिस्टर श्याम र मिस सोफियाजस्तै लाखौँ करोडौ डुप्लिकेट यन्त्र मानवहरु निर्माण हुनेछन । एकछिन कल्पना गरौँ तपाइ नायिका रेखा थापालाई मन पराउनुहुन्छ । रेखा थापाजस्तै दुरुस्तै हजारौँ डुप्लिकेट रेखा थापाहरु तयार गरेर बजारमा छ्याप्छ्याप्ती पठाइन सक्छ । एकछिन मानौँ तपाई नायक राजेश हमाल मन पराउनुहुन्छ । राजेश हमाल जस्तै हजारौँ डुप्लिकेट राजेश हमालहरु बजारमा आउन सक्छन् । मानौँ तपाई प्रचन्ड¸ केपी वा देउवा मन पराउनुहुन्छ । ठाउँ ठाउँ दुरुस्तै र उस्तै हजारौँ प्रचन्ड¸ केपी¸ देउवाहरु निर्माण हुनसक्छन् ।

 

कृत्रिम मानवमा रुप रङ्ग अहिलेका मानवभन्दा धेरै सुन्दर र बनिबनाउ हुन सक्छन् । हाइट¸ वेइट¸ रङ्ग¸ कपाल¸ आँखा¸ नाक¸ निधार लगायत मान्छेका सुन्दरताका सबै पक्षहरुमा मिहिन विचार पुर्याएर सबैभन्दा सुन्दर र उत्कृष्ट डुप्लिकेट मानवहरु तयार गरिनसक्छ । बनिबनाउ डुप्लिकेट मानवको अगाडी पहिलेका हामी ओर्जिनल तथा प्राकृतिक मानवहरु कोही ख्याउटे¸ कोही भद्दा मोटो¸ कसैको केही नमिलेको कसैको केही नमिलेका हामीहरु कुरुप र फोहरीजस्ता देखिनसक्छौँ । कृत्रिम मानवलाई पुर्व निर्देशित सफटवेयरको आधारमा मात्र होइन कृत्रिम बौद्धिकता (Artificial Intelligence) भरेर प्राकृतिक मानवझैँ स्वचालित बनाइन सक्छ । कृत्रिम मानवमा विभिन्न किसिमका रोग¸ व्याधी¸ भाइरस¸ ब्याक्टरियाको आक्रमणबाट मुक्त बनाइन सक्छ ।

 

उस्तै र दुरुस्तै मानवहरु सडकमा देख्दा हामीलाई छुट्याउन गाह्रो हुनसक्छ । कुनै दिन यस्तो आउनेछ । कृत्रिम मानवहरुको बहुमत भई प्राकृतिक मानव नै साइड किनारा¸ ओझेल¸ अल्पमतमा पर्न सक्छन । विश्वको सुरक्षा¸ परमाणु शक्ति¸ सत्ता¸ व्यापार¸ व्यवसाय¸ वैङ्किङ्ग¸ हवाई¸ रेलमार्ग¸ अध्ययन¸ अनुसन्धान¸ स्वाथ्योपचार लगायतका महत्वपुर्ण र संवेदनशील क्षेत्र कृत्रिम मानवहरु मार्फत संचालन गरिनसक्छ । यसबाट मानवीय सभ्यतामा ठुलो संकट आउनसक्छ ।

 

सबै कुरा सफ्टवेयर र एप्समा : प्रविधिको विकासमा अर्को अति विकास हुंदैछ हरेक चिज सफटवेयरमा । हरेक चिज एप्समा । हरेक चिज डाटामा । हरेक चिज भर्चुयल । हरेक चिज बनिबनाउ । क्यालकुलेटर र कम्पुटरको विकास एउटा आवश्यकताले भएको थियो । हरेक दिन धेरै हिसाव गर्ने कर कार्यालयका कारिन्दाका छोराले पहिलो पटक मेसिनबाट हिसाव गर्ने यन्त्र निर्माण गरी कम्प्युटर निर्माणको क्षेत्रमा नयाँ अध्याय शुरु भएको थियो ।

 

तर मानवीय आवश्यकता¸ मान्छेका चाहना र सोचेको भन्दा तिव्र र फरक गतिमा कम्प्युटर प्रविधिको विकास भइरहेको छ । पछिल्लो समय नानो टेक्नोलोजी र डाटाबाटै हरेक मानवीय कारोवार गर्ने प्रचलनले प्रविधिमाथी मान्छेको अत्याधिक परनिर्भरता बढ्दैछ । प्रविधि आफैमा प्राकृतिक चिज होइन । बनिबनाउ र कृत्रिम चिज हो । कृत्रिम चिजले मान्छेलाई सहज र सजिलो बनाए पनि कालान्तरमा गएर मान्छेले आफ्नो मेमोरी पावर नै लस गर्नसक्छ । हरेक कुरा सम्झाउनको लागि । घन्टा घन्टामा पानी पिउन समेत सम्झाउनको लागि पनि मोबाइलको बेल मिलाउने देखि हरेक कुराहरुको टिपोट प्रविधिमा निर्भर गर्दा मान्छेले प्राकृतिक रुपले प्राप्त गरेको अथाह मेमोरी पावर हराउन सक्छ । पहिलेका दोकाने साहुजीहरु लाखौँको हिसावको जोड¸ घटाउ¸ गुणन पनि फ्याट् फ्याट्ट मुखैले¸ जिब्रैले गर्थे हाजभोली सौ पचासको हिसाव गर्न पनि मान्छेहरु क्याल्कुलेटरमा निर्भर हुन्छन । अहिले अनलाइन व्यापार¸ अनलाइन कारोवारले भौतिक कारोवारलाई विस्थापित गर्दैछ । प्रविधिप्रतिको अत्याधिक निर्भरताले मान्छेको प्राकृतिक स्मरण शक्ति क्षीण हुदैछ । क्रमश :……

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार