आज कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान

आज कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसममा बदली रहेको छ ।

प्रदेश नं १ र प्रदेश नं २ मा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार