बिजेता खेलाडीलाई सम्मान

बिजेता खेलाडीलाई सम्मान

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर ६ ले प्रथम खुमबहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता–२०७८ को बिजेता तुलसीपुर उपमहानगरपालिकाको टिम तथा खेलाडीलाई सम्मान गरेको छ ।

केन्द्रले सोमबार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि तुलसीपुर उपमहानगरपालिका टिमका टिम क्याप्टेन ओमप्रकाश मल्ल, रमेश मल्ल, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, हरिस बुढाथोकी, बिनोद बुढाथोकी, खड्क बिक, नन्दाराम पुरि, खेमराज केसी,बिरेन्द्र डागीलाई मायाको चिनो तथा खादा ओढाएर सम्मान गरेको हो ।

नेपाली काग्रेस दाङको आयोजनामा फागुन १६ गतेबाट संचालित प्रतियोगितामा आफुलाई सुरुवाती चरणमै उपाधिको दावेदारको रुपमा प्रस्तुत गरेको टिमले सशक्त र शानदार प्रदर्शन गर्दै उपाधी हात पार्नुले सिङ्गो तुलसीपुर नगरको सान र गौरवलाई उच्च बनाएको भन्दै थप हौसला र प्रेरणाका लागि सम्मान गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले बताए ।

सम्मान समारोह केन्द्रका अध्यक्ष कमल खत्रीको अध्यक्षता भएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काग्रेस तुलसीपुर नगर सभापती सुरेश हमालले सभ्य समाज निर्माणमा खेलकुद क्षेत्रको भुमिका अहम् रहेको बताए । ‘एउटा स्वस्थ नागरिक उत्पादन गर्ने र आत्म अनुशासनमा राख्ने दरिलो माध्यम खेलकुद नै हो यसको गरिमालाई सबैले आत्मसाथ गर्न सके सिङ्गो खेलकुद क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्ने’, उनले बताए ।

बिशिस्ट अथिती भलिबलका ए लेवल कोच तथा रास्ट्रीय रेफ्री दोर्ण प्रकाश चन्दले मानव सभ्यता जत्तिकै पुरानो खेलकुदको महत्वलाई नजिकबाट बुझ्ने र हेर्ने दृस्ठिकोण नभएकै कारण खेलकुद क्षेत्र पछाडि परेको बताए । उनले भने,‘अब खेलकुदको बिकास कसैको भरोसामा होईन आफैबाट सुरुवात गर्नुपर्छ ।’
भलिबलका राष्ट्रिय खेलाडी मानबहादुर श्रेष्ठले प्रशिक्षण केन्द्रले गरेको उच्च सम्मानले खेलजिवन यात्रामा थप हौसला र प्रेरणा प्रदान गरेको बताए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार