चौरजहारीमा जनकल्याण माविको भवन उद्घाटन

चौरजहारीमा जनकल्याण माविको भवन उद्घाटन

मसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १२ मा रहेको जनकल्याण माध्यामिक विद्यालयको भवन उद्घाटन गरिएको छ।

दश कोठाको नवनिर्मित भवन सोमबार चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले उद्घाटन गर्नुभएको छ । नगरपालिकाको टिनको छानामुक्त विद्यालय निर्माण अभियान अन्तरगत संघिय सरकारको आर्थिक सहयोगमा भवन निर्माण भएको चौरजहारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओलीले जानकारी दिनुभयो ।

करिब डेढ करोड लगानीमा उक्त भवन निर्माण गरिएको शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । विद्यालय भवन निर्माण सम्पन्न भएसँगै अब विद्यार्थीहरुको पठन पाठनमा सहज हुने प्रधानाध्यापक झुपलाल शर्माले बताउनुभयो । उक्त विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत रहेका  छन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख विशाल शर्माले नगरपालिकाको टिनका छानामुक्त विद्यालय बनाउने अभियान अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले विकासको मुख्य आधार शिक्षा भएको भन्दै शिक्षाको विकासका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।

चौरजहारी नगरपालिका अन्तरगत सञ्चालित ३७ वटा सामुदायिक विद्यालय मध्ये २०७४ देखि हालसम्म ३३ वटा विद्यालयका ३१६ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेका ।

यस्तै आर्थिक बर्ष २०७८/०७९ मा पनि १० वटा विद्यालयमा ७० वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा छन भने बाँकी रहेका ४ वटा विद्यालयका पक्की भवन आगामी वर्ष निर्माण गरिने जनाइएको छ ।

भवन उद्घाटन कार्यक्रममा उपप्रमुख राधा रोका, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओली, वडा अध्यक्ष, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार