मेरो उम्मेदवारी स्वभाबिक रहन्छ : सभापति बाँठामगर

अन्तर्वार्ता

मेरो उम्मेदवारी स्वभाबिक रहन्छ : सभापति बाँठामगर

अन्तर्वार्ता

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ का जनक कुमार बाँठामगर (जेके) नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाको सभापति हुनुहुन्छ । युवा, सक्रिय, मिलनसार र बिपक्षिलाई समेत रिझाउँन सक्ने क्षमताका बाँठामगरसँग आगामी बैशाख ३० गते हुने लागेको स्थानीय तहको चुनावको सेरोफेरोमा उजेली न्यूज डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। बाँफिकोटमा कांग्रेसको तयारी कस्तो छ ?

धन्यवाद, यहाँ लाई । हेर्नुहोस पहिलो कुरा त लोकतन्त्रमा विश्वास गर्ने दलहरु ५ /५ वर्षमा हुने आवधिक निर्वाचनमा भाग लिनु स्वाभाविक प्रक्रिया हो। बाँफिकोटमा नेपाली काँग्रेसको तयारी रुपान्तरण को पक्षमा छ। काँग्रेसको तयारी उत्साहजनक,जितुन्मुख छ। टोल वार्डहरुमा काविल साथिहरु हुनुहुन्छ। प्रभावकारी रुपमा सङ्ग्ठन ले चुस्त दुरुस्त ढङ्ग्ले हामी लागि राखेका छौ। त्यसैले काँग्रेस यसपाली उत्साह, परिवर्तन, सहित काँग्रेसको तयारी उम्दा रहेको छ।

देशब्यापी रुपमा कांग्रेसको समस्या समयमै उम्मेदवार घोषण गर्न नसक्नु पनि हो। यसपटक यहाँ पनि यस्तै छ हुने त हैन ?

ठिक प्रश्न गर्नु भो । काँग्रेस मास बेसमा आधारित भएको पार्टी हो। बहस, अन्तरक्रिया, आन्तरिक लोकतन्त्र अभ्यासका कारण समस्या समयमै उम्मेदवार घोषण गर्न नसक्नु पनि हो । बिगतमा अन्य कारण जस्तै यो पनि एवटा हो तर यसपाली यहाँ यस्तो हुदैन। किनकी हाम्रो संगठन प्रत्येक वडाको टोल टोल मा पुगेर टोल कार्यसमिती रहेको छ। मात्री पार्टि काँग्रेसको भातृ संगठन रहेको छ र हामी प्रत्येक महिनामा नियमित बैठक बसिरहेका छौ। कस्तो रणनिति अपनाउने भनेर प्लानिङ्ग बनाइरहेका छौ। बिगत को तितो यथार्थ बाट कसरी अगाडि बढ्ने भन्न्ने कुरामा व्यापक छलफल चलिरहेको छ।अहिले करिव केही वडामा आगामी उम्मेदवार उठ्ने भनेर फिक्स जस्तै भएको छ। यस्तो प्रकार को समस्या हुने छैन।

तपाईले यसपटक बाँफिकोटमा बिगतको भन्दा अहिले जनाधार बलियो भएको भन्दै आउनु भएको छ। यसको आधार के हो ?

यसरि भनौ है । अहिले किन बाँफिकोटमा जनाधार बलियो भएको छ। यसको आधार म गाउँपालिका सभापति भए लगत्तै भातृ संगठन पूर्णता दिए। त्यसैले पनि होला माओवादी दवदवा रहेको यो ठाउँमा पिल्सिएका काँग्रेस दरिलो साथ पाउदै आएका छौ। जसले पार्टी साथिहरु र बाँफिकोट काँग्रेस बिच एक प्रकारको न्युक्लिएर उर्जा बनिरहेको छ। जसले बिगत भन्दा बलियो बनेको छ। यहाँको सरकार जन्ताप्रती अनुत्तर्दायी हुनु।

भ्रष्टाचार रोक्ने वा न्युनिकरन गर्न नसक्नु पारदर्शिता, प्रभाबकारिता, जसहभागिता जन उत्तरदायी जस्ता शुशाशन को आयम बाट सरकार यसको बिपरित भएकोले
जन्ता रुपान्तरण, परिवर्तन को पक्षमा रहेकोले बाँफिकोटबासी सम्मुनत र गाउँबासीलाई सम्मानित बनाउने प्रयासको आवश्यक भएकोले, जन्तामा संघियताको ब्यवस्था भैसकेपछि निरासाले छाएको छ। यसलाई बलियो बनाउन समतामूलक समाज निर्माण गर्न आवश्यक परेकोले, स्वस्थ समाज बस्न लायक बाँफिकोट निर्माण गर्ने भएकोले
इत्यादी कुराले गर्दा जनाअधार बलियो भएको छ।

आम बाँफिकोट गाउँवासीले कांग्रेसको उम्मेदवार बिजयी गराउनु पर्ने कारण के छ ?

यसमा नजाउ है। मैले माथी नै भनिसकेको छु। तपाइको नजरमा बाँफिकोट गाउँपालिकाको पाँच बर्से कार्यकाल कस्तो रहयो। संघीयता आइसकेपछि अब गाउँपालिकामा केही नयाँ नौलो हुन्छ। कि भनेर आशा गरेकोमा निरासा ले आगो बालिरहेको छ। सरकार निर्वाचित हुनुको अर्थ नागरिकको जिउ, धन, स्वास्थ्य सुरक्षा शिक्षाको ग्यारेन्टी दिन्छु भनेर आउँछ। तर यो गाउँपालिकामा पङ्गो बनाइएको छ। सरकारले भैंसी फार्म खोल्छ ।अर्को दिन लाखौका भैंसी हराउछन। सहकारी मार्फत बाख्रा अनुदान गर्छ। खोर छ। बाख्रा छैनन। मान्छेको हत्या हुन्छ। दोसि प्रमाणित हुदा पनि सरकार केही बोल्दैन। भ्रस्टाचारले सिमा कटाइसकेको छ। आज हाम्रो गापामा भएका सामुदायिक स्कुल बढो बिजोग अवस्थामा बनाइएको छ। यी हाम्रा केटाकेटी प्रती खेलबाड गरिदै आएको छ। मुलुक भरका पालिकामा १५ शैयाको हस्पिटल बनी सके बनाउ भनेर कार्यबिधी बन्दा पनि यहाँ हस्पिटलको कुनै सूचारु नहुनु यहिका छिमेकी गाउँपालिका यी हस्पिटल संचालनको अवस्थामा आइसकेका छन । अब तपाईं आफै भन्नूहोस यो सरकार पाँच बर्ष कसरी बित्यो होला।

केन्द्रमा कांग्रेस, माओवादी केन्द्र ,नेकपा एस बिच ताल्मेलको सरकार चलिरहेको छ। तपाईको गाउँपालिका गठबन्धनको सम्बन्ध कस्तो छ ?

तपाईले पनि सुन्नु भएकै होला केन्द्रमा गठबन्धन गर्ने कि नगर्ने भनेर केही मत को सृजना काँग्रेस भित्रै बन्दै आएको छ। अस्ति सानिभेरीको एक कार्यक्रममा हाम्रो सभापति ले एक्लै लड्ने भनिराख्नु भएको छ। त्यसैले गठबन्धन बिचमा यहाँ केही त्यस्तो समस्या छैन हुदैन पनि बरु दोस्रो र तेस्रो शक्ति बिचको गठबन्धन के हुन्छ अहिल्यै भन्न्न सकिँदैन। तर तपाइँले भनेको जस्तो गठबन्धन सरकार बिच त्यस्तो कुनै सम्बन्ध छैन।

यसपटक तपाईंको उम्मेदवारी के हो ?

यस पटक बाँफिकोट गाउँपालिका सभापति भएकोले मेरो उम्मेदवार स्वभाबिक रहन सक्छ। तर लोकतान्त्रिक पार्टी भएकोले हाम्रो पार्टी गाउँ सभापतिमा तल वार्ड अझ त्यो भन्दा मुनि टोल कार्यसमिती बाट के निर्णय आउँछ। हामी त्यसलाई स्विकार्छौ। जे जो भए पनि काँग्रेस जित्ने छ। हामी जित्ने छौ।

अन्तमा, समग्र बाँफिकोटवासी जनतालाई के भन्न चाहनुहुन्छ ?

हाम्रालाई हैन, राम्रालाई चिन्ने र छान्ने बेला हो । यस्तो अवसर सधै आउँदैन, नेपाली काँग्रेसका उमेदहरुलाई मत दिनुस्, हरपल साथ पाउनुहुनेछ । तेरो मेरो भन्ने ठाउँ दिने छैनौ । तपाईहरुको विवेकको सम्मान र मतको कदर हुनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार